‘सलमान बन्दुक देखाएर भागेका थिए’



हिन्दुस्तान पत्रिकामा छापिएको समाचारअनुसार सलमान खानले सिकार खेलेको गाउँवासीले देखेका थिए । तर, खान उनीहरूलाई बन्दुक देखाएर भागेका थिए।

प्रत्यक्षदर्शीको भनाइमा आधारित खबरमा सो पत्रिकाले लेखेको छ- ‘सलमान भाग्न थालेपछि उनलाई केही व्यक्तिले मोटरसाइकल चढेर लखेटेका भए पनि उनी बन्दुक ताक्दै जीपमा भाग्न सफल भए । उनीहरूले त्यो जीपको नम्बर टिपेर उजुरी गरे ।’

बिहीवार भारतको एक अदालतले बलिउडका चर्चित अभिनेता सलमान खानलाई २० वर्षअघि दुर्लभ वन्यजन्तुको सिकार गरेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकिदिएको हो ।

‘हम साथ साथ है’ नामक फिल्मको छायांकनको बेला राजस्थानमा दुई वटा कृष्णसारको सिकार गरेको आरोप उनीमाथि थियो ।

यसअघि गाडी दुर्घटनामा सडकमा रहेका एक मानिसको हत्या गरेको आरोपमा सलमान खानलाई सन् २०१५ को डिसेम्बरमा निर्दोष ठहर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu