कालो हरिणको शिकारको मामलामा जोधपुरको सीजेएम कोर्टले बलिउड सुपरस्टार सलमान खानलाई दोषी ठहर गरेको छ ।
उनको अलावा मामलका सह आरोपी सैफ अली खान, तब्बू, नीलम, सोनाली बेन्द्रे र उनका ड्राइभरलाई अदालतले क्लिन चिट दिएको छ । कोर्टले सलमानलाई वन्य जीव संरक्षणको धारा ९/५१ का अनुसार दोषी ठहर गरेको हो ।
सीजेएम देव खत्रीले सलमानलाई दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय र १० हजार रुपैयाँ जरिवाना पनि सुनाएका छन् । सलमानले आजको रात जेलमा विताउनु पर्ने छ ।
दोषी ठहर लगत्तै उनलाई हिरासतमा लिइएको छ । सलमान खानलाई अब जोधपुर सेन्ट्रल जेल लगिने छ । जोधपुर स्पेशल कोर्टको बाहिर सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।
यो घटना चलचित्र ‘हम साथ साथ हे’ को सुटिङको दौरानमा घटेको थियो । सन् १९९८ मा राजश्री फिल्मको ब्यानरमा बनेको यस चलचित्रको सुटिङको समयमा सलमानमाथी कालो हरिण मारेको आरोप लागेको थियो ।