दयाहाङ भन्छन्, ‘नेप्टे’ मा मेरो क्यारेक्टर न नेगेटिभ न त पोजेटिभ नै’



अभिनेता दयाहाङ राईको यस वर्षको अन्तिम चलचित्र ‘नेप्टे’ चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ । यसमा उनी पहिलो पटक नेगेटिभ क्यारेक्टरमा देखिएका छन् ।

उनले आफूलाई फरक भूमिका निर्वाहा गर्ने सोचका कारण ‘नेप्टे’ मा खलपात्रको भूमिका निर्वाहा गरेको बताए । बुधवार राजधानीमा पत्रकारसँग कुराकानीको क्रममा उनी भन्छन्, ‘केही फरक गरौँ भन्ने लागेको थियो । यसकारण पनि ‘नेप्टे’ मा मैले त्यो अनुसारको क्यारेक्टर भेटेँ । मैले निर्वाहा गरेको भूमिका न नेगेटिभ न त पोजेटिभ नै हो । यो त अब दर्शकले मुल्यांकन गर्नुहुन्छ । ’

उनले नेगेटिभ क्यारेक्टर गर्नमा झन् मज्जा आउने बताउँछन् । उनी थप्छन्, ‘नेप्टे’ मा मेरो डार्क साइडमात्र देखाइएको हुँदा भिलेन जस्तो लागेको हो । एउटा गलत कामले गर्दा उसलाई समाजले नराम्रो सम्झन्छ । यसका पोजेटिभ पाटोहरु पनि छन् । भिलेन भन्दै गर्दा डरलाग्दो क्यारेक्टर भने छैन ।’

फिल्मका निर्माता तथा कलाकार रोहित रुम्बा, दयाहाङलाई ‘नेप्टे’ को गब्बर सिंह भन्न चाहन्छन् । उनी भन्छन्, ‘चलचित्रको ऊ हिरो र भिलेन दुबै हो । चलचित्रमा उसको क्यारेक्टर स्टाइलिस छ । ऊ आफैंले यो क्यारेक्टर रोजेको हो । दयाको इन्ट्री हुँदा डर होइन दर्शकले मनोरञ्जनको प्याकेज भेट्छन् ।’

उनी दयाहाङका कारण चलचित्रमा आफू ओझेलमा परेपनि खुसी हुने तर्क राख्छन् । उनी भन्छन्, ‘दयाहाङले जुन क्यारेक्टर रोज्यो त्यसका लागि म उसलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । मैले हिजो मात्र पूरा फिल्म हेरेँ । चलचित्रभरी दयाहाङ छाएको छ । उसको कारण म ओझेलमा भन्दा पनि उसको कारणले मलाई चाहीँ फाइदा हुन्छ ।’

देव कुमार श्रेष्ठ निर्देशित यस चलचित्रमा दयाहाङ राई, रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, ए गुरुङ, वुद्दि तामाङ, पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu