हिरोइनले १० लाख पारिश्रमिक लिनु गलत हो ? : साम्राज्ञी



अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत तेस्रो चलचित्र ‘तिमीसँग’ यही चैत २३ गतेबाट प्रदर्शनमा आउँदैछ । योसँगै उनका ‘कायरा’ र ‘इन्टु मिन्टु लण्डनमा’ चलचित्र पनि रिलिजको पखाईमा छ ।

सिनेवृतमा गएको दुई महिना अगाडि साम्राज्ञीले आर्यन सिग्देलसँग ‘कायरा’ गर्नका लागि १० लाख पारिश्रमिक डिमाण्ड गरेको खबर खुब चर्चामा रह्यो । यस विषयमा उनी मौन थिइन् ।

यसैबीच उनले १० लाख पारिश्रमिकको विषयमा वजनदार जवाफ दिएकी छिन् । उनी भन्छिन्, ‘हिरोले २० लाख पारिश्रमिक लिँदा कहिले प्रश्न गर्नुभयो ? अनि एउटा हिरोइनले १० लाख लिँदा किन यत्रो बबन्डर ? के नेपालका हिरोइनहरुले १० लाख पारिश्रमिक लिने हैसियत बनाएका छैनन् ?’


‘चलचित्रमा हिरोको जति मेहनत हुन्छ हिरोइनको त्यो भन्दा कम हुँदैन । चलचित्र गर्दैगर्दा हामीले ज्यान दिएका हुन्छौं । तर जब चलचित्र सुपरहिट हुन्छ हामीले एक पैसा पनि पाउँदैनौं । त्यही जति पारिश्रमिक छ त्यतिमै सिमित हुनुपर्छ । हो, हामीले दर्शकको माया पाउँछौं । तर हामी पनि आर्थिक रुपमा सवल हुनु परेन न ? नेपालमा महंगाई यत्रो छ तर हाम्रो पारिश्रमिक कहिल्यै बढेको छैन ।’ उनी दुखेसो पोख्छिन् ।

साम्राज्ञी अगाडि थप्छिन्, ‘एउटा चलचित्रका लागि भनेर ६ महिना दौडिनु पर्छ । पढाईमा समय दिन पाइँदैन । भोकै हुन्छौं हामी । ग्यास्टिक प्रोब्लम हुन्छ । हामीले सबै कुरा दिएर काम गरेका हुन्छौं अनि हामीले पाउनु पर्ने कुरा चाहीँ माग्नु पर्छ जस्तो लाग्छ ।’

उनी भोलीको दिनमा फिल्मले गरेको मुनाफाको केही प्रतिशत शेयर लिने सोचमा रहेको पनि बताउँछिन् । उनले वर्षमा २ वटा मात्र फिल्म लिएर दर्शकमाझ आउने मनस्थिति बनाएकी छिन् ।

शिशिर राणा निर्देशित फिल्म ‘तिमीसँग’ मा उनको अभिनेता द्वय नाजिर हुसेन र आकाश श्रेष्ठसँग जोडी बाँधिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu