यसकारण गरिनँ पर्दामा आमाको रोल : करिश्मा मानन्धर



करिश्मा मानन्धर अभिनयमा सफल अभिनेत्री हुन् भने उनको सौन्दर्यको छुट्टै अर्थ छ नेपाली चलचित्र उद्योगमा । अहिले पनि उनको अगाडि अन्य हिरोईनको सौन्दर्य फिक्का लाग्छ ।

पछिल्लो समय राजनीतिमा पनि सक्रिय करिश्मा लामै समय भयो पर्दामा देखिएकी छैनन् । अब उनी आफ्नै छोरीलाई हिरोइन बनाउने भन्दै हिँडिरहेकी छिन् ।

खबरअनुसार, वर्षौदेखि उनलाई चलचित्रमा आमाको रोलका लागि थुप्रै अफरहरु आइरहेका छन् । तर, सबै अस्वीकार गरिरहेकी छिन् ।

आइतवार चैत २३ गतेबाट प्रदर्शनमा आउन लागेको आफू अभिनीत चलचित्र ‘हिरोज’ को विषयमा जानकारी दिने क्रममा उनलाई पत्रकारको यही प्रश्न तेर्सियो । करिश्माले उत्तर दिइन्, ‘झन्डै ८-९ वर्ष अगाडि देखि नै मलाई आमाको रोलका लागि चलचित्रका अफरहरु आइरहेका छन् । तर, म आमाको भूमिका पनि लिड भए मात्र गर्छु । जस्तोसुकै गर्दिनँ ।’


उनी थप्छिन्, ‘जति पनि चलचित्र अफर आए त्यसमा मैले आमाको भूमिका राम्रो पाइनँ । यसकारण अस्वीकार गरेकी हुँ । म आमाको भूमिका मात्र होइन आफूभन्दा बढी उमेरको महिलाको भूमिका पनि निर्वाहा गर्न ‘रेडी’ छु । मात्र भूमिका बलियो हुनु पर्‍यो ।’

चलचित्र ‘हिरोज’ मा उनको जोडी अभिनेता मुकेश ढकालसँग बाँधिएको छ । करिश्माले यस चलचित्रमा आफ्नो भूमिका फरक रहेको बताउँछिन् । चलचित्रलाई एनबि महर्जनले निर्देशन गरेका हुन् ।

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको चलचित्रमा जयकिसन बस्नेत, पूर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu