बलिउड एक्टर टाइगर श्राफको चलचित्र ‘बागी २’ को उनका प्रशंसकहरु व्यग्र प्रतिक्षा गरिरहेका थिए र चलचित्र रिलिज भएर बक्सअफिसमा धूम मच्चाउन सुरु गरिसकेको छ । २ घण्टा २४ मिनेट लामो यस चलचित्रलाई अहमद खानले निर्देशन गरेका हुन् ।
दिशा पाटनी, मनोज बाजपेयी, रणदीप हुड्डा, प्रतीक बब्बर, दीपक डोबरियाललगायतका कलाकारहरुको लिड रोल रहेको ‘बागी २’ मा इमोशन छ, सस्पेन्स छ, थ्रिल छ र टन्नै एक्सन छ । यति भएपछि अरु के चाहियो र ?
यसलाई टोटल पैसा असुल चलचित्र भन्दा गलत हुँदैन । एक एक्सन थ्रिलर सस्पेन्स चलचित्र हो यो र अन्तिमसम्म उत्सुकता जस्ताको त्यस्तै बनाएर राख्छ ।
यसको कहानी बताउनु सही नहुन सक्छ तर चलचित्रको बारेमा केही विशेष कुरा हामी यो प्योकजमा तपाईहरुलाई बताउँदैछौं ।
१. यो टाइगर श्राफको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट चलचित्र हो । यसमा उनले एक्सन र डान्समा उत्कृष्ट काम पस्केका छन् । चलचित्रमा दिशा पाटनी निकै सुन्दर देखिएकी छिन् । टाइगरसँग उनको जोडी रियल लाग्छ ।
२. पुलिसको भूमिका निर्वाहा गरेका रणदीप हूड्डाको अन्दाज एकदम अलग छ । मनोज बाजपेयीको स्क्रीन प्रजेन्स र भूमिकामा ट्विस्ट निकै रोचक छ । प्रतीक बब्बरको इन्ट्री जर्बजस्त छ ।
३. निर्देशक अहमद खान ‘बागी’ फ्रेन्चाइजीलाई एक कदम अगाडि लिएर गएका छन् । चाहे त्यो एक्सनमा होस्, इमोशन होस् वा ग्राफ । सबै विलकुलै सटिक छ ।
४. पूरा चलचित्रमा उत्सुकता जीवितै राख्न सक्नु फिल्मको सबैभन्दा ठूलो उपलब्धि हो । ज्याकलीनमाथी फिल्मांकन गरिएको माधुरी दीक्षितको चर्चित नम्बर ‘एक दो तीन’ को आवश्यकता चलचित्रमा महशुस हुन्न ।
चलचित्रमा यो गीत जर्बजस्ती हालिएको छ । यो गीतबाट चलचित्रको फ्लो टुटेको छ । तर, यसलाई बेवास्था भने गर्न सकिन्छ ।
५. टाइगर र दिशामाथी फिल्मांकन गरिएको रोमान्टिक गीत ‘साथी तेरे बिना’ निकै सुन्दर छ ।