संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) ले आयोजना गरेको ‘कन्फेरेन्स अन टेक्नोलोजी फर पब्लिक सर्भिस’ का लागि बुधबार नेपाल आएकी रोबोट सोफियाले काठमाडौंको आयोजित एक कार्यक्रममा पटक- पटक नेपाली फिल्मका युवा स्टार अनमोल केसीको चर्चा गरेकी छिन् ।
कार्यक्रममा यूएनडीपी नेपालका एक प्रतिनिधिले सोफियासँग कुराकानी सुरु गरे । उनले नेपालमा स्वागत छ भन्दै नमस्कार गर्दा सोफियाले भनिन्, ‘तिमीलाई मैले पहिले कतै देखेको थिएँ ?’
प्रस्तोताले आफूलाई कुनै चलचित्रमा देखेको हुनसक्ने बताउँदै भने, ‘म छोटो कपाल भएको अनमोल केसी हुँ ।’ तर, सोफियाले तुरुन्तै जवाफ दिइन्, ‘तिमी अनमोल केसी होइनौं ।’ यति भनेपछि हल तालीले गुञ्जियो । उनले विश्वका जुनसुकै व्यक्तिलाई सजिलै चिन्दछिन् ।
सोफिया नागरिकता पाउने विश्वकी पहिलो रोबोट हुन् । साउदीले नागरिकता दिएको भएपनि सोफियालाई हङकङको हृयान्सन रोबटिक्सले बनाएको हो ।
गत अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो ।