चीनमा दुई भारतीय फिल्म ‘हिन्दी मीडियम’ र ‘बाहुबली : द कनक्लूजन’ लाई रिलिज गर्नका लागि अनुमती दिइएको छ । इरफान खान र पाकिस्तानी अभिनेत्री सबा कमरको अभिनय रहेको ‘हिन्दी मीडियम’ चार अप्रिलमा चीनका सिनेमा घरमा रिलिज हुँदैछ ।
यस्तै, फिल्म ‘बाहुबली : द कनक्लुजन’ को चीनमा प्रदर्शन मिति तय भएको छैन । चीनमा ‘बाहुबली : द बिगिनिंग’ लाई प्रदर्शन गर्ने ‘ईस्टार्स मीडिया’ ले नै यस फिल्मको पनि प्रदर्शनको जिम्मा लिएको छ । ‘बाहुबली २’ निर्माताले सेन्सरबाट अनुमती लिइसकेका छन् ।
एसएस राजामौलीको निर्देशन रहेको फिल्ममा प्रभाष, राणा दग्गुबाती, अनुष्का शेट्टी र तमन्ना भाटिया प्रमुख भूमिकामा छन् । ‘बाहुबली : द बिगिनिंग’ ले चीनमा कूल १२.३० करोड डलर कमाई गरेको थियो ।