आमिर बने विश्वकै सबैभन्दा ठूला सुपरस्टार



बलिउड स्टार आमिर खानको परिचय अभिनेताको रूपमा मात्र सीमित छैन । उनी सामाजिक विषयवस्तुमा पनि गहिरो चासो लिने अभिनेता हुन् । यसैकारण उनको चलचित्रहरुमा समाजका विभिन्न लुकेका तर यथार्य सत्य बोकेका घटनाको कथा पाइन्छ ।

उनी चलचित्रको संख्या बढाउन नभई गुणस्तरमा ध्यान दिने अभिनेतामा पर्दछन् । आफ्नो खुबीका कारण आमिर आफ्नो समयका अभिनेताभन्दा धेरै अगाडि पुगिसकेका छन् ।

अब उनको अभिनयको ‘वाहवाही’ भारतमा मात्र होइन दुनियाँमा हुन थालेको छ । पछिल्लो समय चीनमा उनको चलचित्रलाई अत्याधिक रुचाइँदै आइएको छ । चीनमा उनी चीनी अभिनेताको रुपमा सबैभन्दा धेरै हेरिने अभिनेता हुन् र विदेशी मुलुकमा आफ्नो स्टारडम साबित गर्नका लागि यो नै काफी छ ।

चीनमा १.४ अरब र भारतमा १.३५ अरबको जनसंख्याले आमिरलाई विश्वकै सबैभन्दा ठूलो सुपरस्टार बनाइदिएको छ ।

उनको पछिल्लो तीन चलचित्र ‘पीके’, ‘दंगल’ र ‘सीक्रेट सुपरस्टार’ विश्वभरमा सबैभन्दा धेरै कमाई गर्ने ‘टप पाँच’ चलचित्रको लिस्टमा सामेल छ । ‘दंगल’ ले १९०८ करोड र ‘सीक्रेट सुपरस्टार’ ले ८७४ करोडको कमाई गर्दै दुई चलचित्रले चीनको बक्सअफिसमा धूम मच्चाएको थियो ।

विदेशी देशबाट प्राप्त भएको जबर्जस्त मायालाई लिएर आमिरले भनेका छन्, ‘चीनमा मेरो लोकप्रियता मात्र एक दुर्घटना थियो ।’

उनी थप्छन्, ‘कयौं व्यक्ति यो जान्दैनन् कि २००९ मा ‘३ इडियट्स’ चीनमा पाइरेसीबाट रिलिज भएको थियो । ‘पीके’ र यहाँसम्म कि टिभी शो ‘सत्यमेव जयते’ पछि मात्र चीनका दर्शकले मेरो कामलाई फलो गर्न थालेका हुन् ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu