बलिउड अभिनेता इरफान खान गम्भीर बिरामी भएका छन् । आफ्नो रोगबारे १० दिनमा सबै बताइदिने ट्वीटरमा उनले बताएका छन् ।
उनले १० दिनसम्म आफ्ना लागि भगवानसँग प्रार्थना गर्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘कुनै दिन तपाई बिहान उठेपछि तपाईलाई लाग्छ कि जिन्दगी खत्तम भयो, बितेका १५ दिनदेखि मेरो जीन्दगी एक रहस्यमयी कहानीमा चलिरहेको छ । म एक गम्भीर बिमारसँग जुधिरहेको छु ।’
उनले अगाडि लेखेका छन्, ‘मैले जीन्दगीमा कहिल्यै सम्झौता गरिनँ, म जहिले पनि आफ्नो स्वेच्छाले लडिरहें र अबका दिनमा पनि त्यही गर्नेछु ।’
उनले रोग नखोली थप लेखेका छन्, ‘मेरो परिवार र साथीहरु मेरो साथमा छन्, हामीहरु सही मार्ग निकाल्ने प्रयास गरिरहेका छौं ।’ गम्भीर रोगबारे थप लेखेका छन्, ‘जब सबै परीक्षणहरु हुन्छन् आउँदा १० दिनमा सबै कुरा बताउने छु, तबसम्मका लागि मेरा लागि प्रार्थना गर्नु ।’
मिडिया रिपोर्ट्सका अनुसार, उनी ग्लियोब्लास्टोमा मल्टीफोर्मे (Glioblastoma Multiforme) बाट पीडित छन्, जसलाई साधारण भाषामा ब्रेन क्यान्सर भन्ने गरिन्छ ।
सन् १९६७ जनवरी ७ तारिखमा जयपुरमा जन्मिएका इरफानले सन् १९८८ मा मीरा नायरको चलचित्र ‘सलाम बम्बे’ बाट डेब्यु गरेका थिए ।