यही फागुन २५ गतेबाट नेपाली चलचित्र ‘हुर्रे’ देशैभर एकसाथ प्रदर्शनमा आउँदैछ । यो चलचित्रको ‘ठेकीमा दही’ र ‘पशुपति’ बोलको गीत यसअघि नै युट्युबमा हिट भइसकेको छ भने, कमेडी ट्रेलरलाई दर्शकले खुब रुचाएका छन् ।
अनुप विक्रम शाही, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्कालगायतका कलाकाहरुको अभिनय रहेको चलचित्रका निर्देशक तथा लेखक यम थापा हुन् ।
‘हुर्रे’ आफ्नो १९ औं फिल्म बताउने केकी पहिलो चलचित्र ‘स्वर’ रिलिजको बेला झैँ प्रत्येक नयाँ फिल्म रिलिज हुन लाग्दा डर र चिन्ताले डेरा जमाउने बताउँछिन् ।
ठूलो पर्दा टिभीसँग कुराकानी गर्दै केकी भन्छिन्, ‘हुर्रे’ मा मैले यसअघि निर्वाहा गरेका भूमिका भन्दा विल्कुलै फरक छ । पशुपति मन्दिरमा फूल बेच्ने मेनकाको भूमिका निर्वाहा गरेकी छु । उसलाई दुई अर्थी शब्द बोल्न एकदमै मन पर्छ । रियलमा चाहीँ म यस्तो कुरा सुन्न र बोल्न मन पराउँदिनँ । तर गर्नुपर्ने क्यारेक्टर फेरि त्यस्तै छ । त्यो मेरो लागि निकै ठूलो चुनौती थियो ।’
‘दुई अर्थी शब्द बोले पनि अपाच्य भने चाहीँ छैन । मैले त्यो क्यारेक्टरकै लागि भए पनि राजाराम दाईसँग बढी समय विताउथेँ, जसले गर्दा मलाई दुई अर्थी संवाद बोल्न सजिलो हुन्थ्यो ।’ केकीले भनिन् ।
‘हुर्रे’ मा पण्डित महाराज बनेका ह्यान्डसम भिलेन अनुप विक्रम शाही आफूलाई फरक-फरक भूमिका गर्न रुचाउने बताउँछन् ।
उनी भन्छन्, ‘चलचित्रका लागि मैले कपाल मुण्डन गर्नुपर्ने थियो । सायद, सबै कलाकारलाई कपाल मुण्डल गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती हुन्छ । मेरो त झन् ‘ब्याक टू ब्याक’ चलचित्र थियो । तर क्यारेक्टरलाई न्याय गर्न मैले ‘हुर्रे’ का लागि कपाल मुण्डन गरेँ ।’
कमेडी जनरको यो चलचित्रलाई दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेले संयुक्त रुपमा निर्माण गरेका छन् ।
भिडियो :-