बलिउडका ५२ बर्षिय दबंग ब्वार्इ सलमान खान अविवाहित छन् । फिल्मी जीवनमा हरेक किसिमका सफलता चाखिसकेका उनी प्रेम-बिहेको मामलामा भने असफल र अभागी सिद्ध भएका छन् । संसारभर करोडौं फ्यान भएका सलमानले किन बिहे गर्दैनन् त ? हालैमा उनले यसको उत्तर दिएका छन् ।
एक इभेन्टको क्रममा उनले भने, ‘मसँग बिहे गर्ने पैसा नै छैन ।’ एउटै फिल्मबाट भारु ६० करोडभन्दा बढी पारिश्रमिक बुझ्ने सलमानसँग बिहे गर्ने पैसा नभएको होला त ? पत्याउन गाह्रो पर्छ ।
सलमान आफ्नो कमाईको केही हिस्सा समाजसेवामा खर्चन्छन् । यसै प्रशंगमा उनको बिहेको कुरा आएको थियो । उनी अगाडि भन्छन्, ‘म खुब च्यारिटी गर्छु । तर, कहिले काहीँ म कहाँ केही व्यक्ति दुई/अढाई लाख सहयोग माग्दै आउँछन् । उनीहरु आफ्ना छोरीको बिहेका लागि पैसा चाहिएको भन्छन् । तर, म यस्ता व्यक्तिको सहयोग गर्न सक्दिनँ । किनभने, मेरा पिता (सलीम खान) स्वंमले १ सय ८० रुपैयाँमा बिहे गरेका थिए ।’
सलमान अगाडि भन्छन्, ‘अहिले बिहेमा लाखौं, करोडौं खर्च लाग्छ त्यसैले मसँग यति धेरै पैसा छैन कि जसले बिहे गरौं ।’