एक दशकपछि उदित पुगे जन्मथलो



नेपाली मुलका भारतीय गायक उदित नारायण झा एक दशकपछि आफ्नो जन्मस्थल सप्तरीको भारदह आएका छन् ।

झा संगै जेठी पत्नी रञ्जना झा पनि आएकी छिन् । झा करिब एक साता सप्तरी बस्ने परिबारिक श्रोतले जनाएको छ । यस वर्षको होली उनले आफ्ना बाल्यकालका साथीहरुसँग रमाइलो गरेर मनाउँदैछन् ।

गायन पेशामा लागेर झा लामो समयदेखि भारतमा बस्दै आए पनि उनका दाजुभाइ भारदहमै बसिरहेका छन् । झा गाउँ आउनेबित्तिकै भारदहस्थित प्रसिद्ध कंकालनी मन्दिरमा पूजा गरे । उदितलाई भेट्ने र फोटो खिच्नेको यतिबेला उनको घरमा भिड छ । उनी पनि प्रशंसकसँग रमिरहेका छन् ।

भारतमा बस्न थालेपछि गायक उदितले दीपा झासँग दोस्रो बिहे गरे । त्यसपछि जेठी श्रीमती रञ्जना झासित उनको सम्बन्ध विग्रिएको थियो । जेठी श्रीमती रञ्जनासँग चिसिएको उनको सम्बन्ध हाल सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ ।


जेठी श्रीमतीसँग सम्बन्ध सुधार भएपछि घरायसी कामका लागि भारदहस्थित घर आएका उनी बिहारको सुपौल जिल्लास्थित अरर्हा निर्मलीस्थित ससुराली (जेठी श्रीमतीको माइती) पनि पुगेका छन् ।

सन् १९७८ मा संगीत अध्ययनका लागि मुम्बई पसेका उनले दुई वर्षपछि चलचित्रका गीत गाउने अवसर पाएका थिए । उनको पहिलो हिट गीत ‘कयामत से कयामत तक’ चलचित्रको ‘पापा कहते है बडा नाम करेगा’ हो । उदितनारायणले अहिलेसम्म विभिन्न ३४ भाषाका २५ हजारभन्दा बढी गीत गाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu