काठमाण्डौ। नेपाली चलचित्र ‘लम्फू’को पहिलो गीत ‘सँगै जिउने सँगै मर्ने’को भिडियो रिलीज भएको छ । यो गीत अडियोमा निकै रुचाईएको गीत हो ।
२०७५ बैशाख २८ मा रिलीज हुने ‘लम्फू’को यस गीतको भिडियोमा चलचित्रका मूख्य कलाकारहरु कबिर खड्का र मरिष्का पोखरेलको साथमा तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ पनि छिन् । त्यस्तै, अन्य कलाकारहरु चाँदनी शर्मा र सञ्जित भण्डारी पनि यो गीतको भिडियोमा रहेका छन् ।
प्रेमिल जोडीले प्रेम साटासाट गरेको भाव व्यक्त हुने गीतको भिडियोका कोरियोग्राफर रामजी लामिछाने हुन् । अर्जुन पोखरेलको संगीत रहेको गीतमा शुरेष लामा र अप्सरा घिमिरेको स्वर रहेको छ । चलचित्रका सबै गीतमा पोखरेलको नै संगीत रहेको छ ।
गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा सलोन बस्नेतको पनि प्रमूख भुमिका रहेको छ । यस चलचित्रमा कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की लगायतको अभिनय रहेको छ ।
यो चलचित्रमा एक युवाको जीवनमा नचाहेरै आईपर्ने विभिन्न उतारचढाव पाईने निर्देशक लामिछानेले बताएका छन् । लामिछानेका अनुसार जीन्दगी जिउने सन्दर्भमा समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको छ ।
‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका छन्, जसमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस चलचित्रका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले चलचित्रमा कस्ट्युम डिजाईन गरेकी छन् ।
भिडियो: