हृदयघातका कारण श्रीदेवीको निधन



बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा निधन भएको छ । दुबईमा एउटा वैवाहिक कार्यक्रममा सहभागी भएका बखत उनलाई हृदयघात भएको ठानिएको छ ।

उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् । श्रीदेवीसँग उनका पति बोनी कपूर र छोरी खुशी पनि दुबईमा सँगै थिए ।

उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् । श्रीदेवीसँग उनका पति बोनी कपूर र छोरी खुशी पनि दुबईमा सँगै थिए ।

श्रीदेवीले ‘मिस्टर इण्डिया’, ‘चाँदनी’, ‘चालबाज’ र ‘सदमा’ जस्ता व्यावसायिक रूपमा निकै सफल चलचित्रमा अभिनय गरेकी थिइन् ।

उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो । बालकलाकारको रूपमा उनले चार वर्षको उमेरमा एउटा तमिल चलचित्रबाट काम शुरू गरेकी थिइन् ।

दक्षिण भारतीय चलचित्रहरूमा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारका रूपमा बलिउड चलचित्र ‘सोलहवा साल’ बाट अभिनय शुरू गरिन् ।

सन् १९८० को दशकलाई अभिनेत्रीहरूको दृष्टिकोणले बलिउडलाई श्रीदेवीको दशकको रूपमा व्याख्या गर्ने गरिन्थ्यो ।

उनले ‘हिम्मतवाला’, ‘तोहफा’, ‘नगीना’, ‘औलाद’, ‘हीर रांझा’, ‘रूप की रानी चोरों का राजा’, ‘लाडला’, ‘जुदाई’ जस्ता यादगार चलचित्रमा अभिनय गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu