स्व. निर्देशक दीपक रायमाझीको अन्तिम चलचित्र ‘डेस्टिनेशन काठमाडौं’ चैत्र २ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ । शरद अधिकारीले निर्माण गरेको चलचित्र जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको हो ।
निर्माता अधिकारीका अनुसार, ‘डेष्टिनेशन काठमाडौं’ को स्वदेशका साथै थुप्रै मुलुकका विशेष प्रदर्शन गरिएको छ ।
विदेशीलाई नेपालप्रति आकर्षित गराउदै देशको पर्यटन क्षेत्रको बिकासमा सहयोग पुर्याउनुका साथै देशको राजनीति परिवेशले पारेको प्रभावको बिषयमा केन्द्रित चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रदर्शन गर्ने लक्ष्य निर्देशक रायमाझीको थियो । तर, उनको असमायीक निधनका कारण केही समय निर्माण रोकीएको चलचित्रलाई अर्का निर्देशक मधुसुदन भट्टराईले पूरा गरेका हुन् ।
चलचित्रका कार्यकारी निर्देशक मधुसुदनले चलचित्र ‘डेस्टिनेशन काठमाडौं’ ले पर्यटन क्षेत्रको विकासको सन्देशका साथै भरपूर मनोरञ्जन प्रदान गर्ने बताउँछन् ।
चलचित्रमा दीलिप रायमाझी, झरना थापा, केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रबि गिरी, बिकास चापागाई, नरेन्द्र थापा, रामचन्द्र अधिकारी, रश्मी भट्ट, रोशनी सापकोटा, बालकलाकार सृजेश अधिकारी, सत्यम अधिकारी र युनिशा लामीछानेका साथमा अष्ट्रेलियन अभिनेत्री सहारा मावब प्रमुख भूमिकामा छन् ।
राजु थापा र सौरभ लामाले खिचेको चलचित्रमा निखिल बिश्वास, रमेश खड्का र राजन तिमिल्सिनाको संगीत छ ।