भव्य रुपमा हुँदै ‘सुपर स्टार नाइट’ को तयारी



नेपाली कला, संस्कृति र सांगीतिक क्षेत्रलाई अझ फैल्याउने उदेश्यका साथ आउँदो मार्च ९ मा कतारमा हुने भव्य सांगीतिक कार्यक्रम ‘बुम कुमारी सुपर स्टार नाइट’ को तयारी भव्य रुपमा भईरहेको बुम रेमिट प्रमुख तथा कार्यक्रम संयोजक धिरेन्द्र पन्तले जनाएका छन् । उनि कार्यक्रमको तयारी गर्नको लागि कतार पुगिसकेका छन् ।

कुमारी बैंक र बुम रेमिटको आयोजनामा हुने यस इभेन्टलाई यसअघि नै यूएइमा २ पटक ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ आयोजना गरिसकेको संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिले म्यानेज गरिरहेको छ ।

‘कतारबासि नेपाली प्रस्तुतिका लागि पर्खाइमा हुनुहुन्छ’ कतारमा रहेका धिरेन्द्र भन्छन्, ‘यसले आपसी मितव्ययितासंगै कला र संस्कृतिलाई समेत फैल्याउछ ।’ उनले त्यहाँ कतारबासी नेपालीबाट पाएको प्रतिक्रियाले आफु हर्सित भएको बताएका छन् ।

कार्यक्रममा हाँस्य कलाकार जितु नेपालको वेजोड कमेडी प्रस्तुती रहनेछ भने नायिकाहरु निरुता सिंह, अनु शाहले नृत्य प्रस्तुत गर्नेछन । गायकहरु अनिल सिंह, यूवराज चौलागाई, सन्तोष राज, रित कुमार श्रेष्ठले दर्शकलाई आफ्नो गायकीको माध्यमबाट झुमाउने छन् भने ‘सुर्के थाली खै’, ‘पुर्व पश्चिम रेल’, ‘कुटुमा कुटु’ जस्ता गीतका गायक तथा संगीतकार राजनराज शिवाकोटीले पनि आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गर्नेछन ।

गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुँवरको साथमा नृत्य निर्देशक तथा मोडल शंकर बीसीले आफ्नो प्रस्तुतीको माध्यमबाट स्टेज तताउनेछन् । कार्यक्रमलाई लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईले संचालन गर्नेछन ।

‘यसपटक कतारमा रहेका नेपालीको लागि हामीले मनोरन्जनात्मक प्याकेजनै ल्याएका छौ’ नरेश भन्छन’ तपाइको समय र पैसाको सदुपयोग हुनेमा दुईमत छैन ।’ संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिका प्रमुख मनोज केसीले यसपटकको कार्यक्रम विशेष हुने र दर्शकले पूर्ण रुपमा मनोरञ्जन प्राप्त गर्ने दाबी गरे ।

‘हामीलाई कलाकारले पनि साथ् दिनु भएको छ अनि हामीलाई विश्वास गरेर आउने दर्शकलाऐअ कहिँ कतै बोर हुन नदिने तयारी हाम्रो छ’ मनोज भन्छन्, ‘अघिल्ला कार्यक्रमको अनुभवले यसलाई परिपक्क बनाउन थप मद्दत पुगेको छ ।’ कार्यक्रम मार्च ९ मा दोहा स्थित एसियन टाउन एम्पी थिएटरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu