प्रदर्शन अगावै ‘कान्छी’ को लगानी सुरक्षित



अभिनेता दयाहाङ राई र अभिनेत्री तथा निर्मात्री श्वेता खड्का स्टारर चलचित्र ‘कान्छी’ ले रिलिज अगावै आफ्नो लगानी सुरक्षित गरेको छ ।

प्रचारसहित चलचित्रको लागत २ करोड बताइएको छ । तर, रिलिज अगावै ब्रान्ड र डिजिटल तथा ओभरसिज राइटसबाट यसको लगानी सुरक्षित भएको हो ।

प्राप्त जानकारी अनुसार, ब्राण्ड पार्टनरबाट ८० लाख र डिजिटल र ओभरसिज राइट्सबाट निर्मात्री श्वेता खड्काले १ करोड २२ लाख हात पारिसकेकी छिन् । अब चलचित्रले नेपालबाट गरेको व्यापार श्वेताको नाफा हुनेछ ।

श्वेताले चलचित्रमा कान्छीको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रका निर्देशक आकाश अधिकारी हुन् ।

पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । चलचित्रमा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।

ग्रामीण भेगकी कान्छीको कथा बोल्ने चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu