पलको ‘आदत’ बनिन् सन्ध्या (भिडियो)



भ्यालेन्टाइन डेको अवसर पारेर गीतकार अम्बिका गुरुङले आफ्ना रोमान्टिक शब्दहरुको एउटा आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । ‘आदत…’ शीर्षकको उक्त लभ सङ भ्यालेन्टाइन इभको अवसर पारेर फेब्रुअरी १३ को साँझ यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गायक सुमन केसीको स्वरमा सजिएको उक्त मेलोडियस गीतमा संगीतकार शंकर थापाको संगीत छ । संगीतकार थापा तथा गायक केसीले गीतका शब्दहरुको भावनालाई आकर्षक शैलीमा प्रस्तुत गरेका छन् । उदयराज पौडेल यो गीतका संगीत संयोजक हुन् ।

अर्जुन अधिकारीद्वारा निर्देशित यो भिडियोमा लोकप्रिय अभिनेता पल शाहले मोडल तथा अभिनेत्री सन्ध्या केसीसंग रोमान्स गरेका छन् । भिडियोमा उनीहरुको प्रेमिल जोडी सुहाएको देखिन्छ ।

हरि हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu