द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्गीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मानव तस्करीको अभियोगमा पक्राउ गरेको छ ।
दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको भन्दै प्रहरीले खड्गीलाई काठमाडौँको ठमेलबाट पक्राउ गरेको जनाएको छ ।
५७ बर्षिय खड्गीलाई बिहीवार जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको सिआईबीका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए ।