बलिउड सुपरस्टार अक्षय कुमारका फिल्महरुले केही वर्षयता बक्सअफिसमा सानदार कलेक्शन गर्न थालेका छन् । यस्तै, उनको चाँडै प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षीत फिल्म ‘२.०’ ले रिलिज अगावै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल भएको छ ।
मिडिया रिपोर्टका अनुसार, चलचित्रको क्रेजलाई मध्यनजर गर्दै एक टिभी नेटवर्कले तमिल, तेलुगु र हिन्दी सेटलाइट राइट्स ११० करोडमा खरिद गरेको छ । यस चलचित्रले यो रकमसँगै ३० प्रतिशत आफ्नो लगानी उठाएको छ ।
‘२.०’ मा साउथ सुपरस्टार रजनीकान्तको पनि लिड रोल छ । चलचित्रमा अक्षयले एक वैज्ञानिकको भुमिका गरेका छन् । एक्सपेरिमेन्ट बिग्रेका कारण यस फिल्ममा उनी क्रोमेन बन्छन् ।
चलचित्रमा रजनीकान्त र अक्षय कुमार बाहेक एमी ज्याक्सनको प्रमुख भुमिका रहेको छ ।