बलिउडका सुपरस्टार अमिताभ बच्चन धेरैको मन र मुटुमा बसेका छन् । जो आजपनि उत्तिकै दर्शकको रोजाईमा पर्ने अभिनेता हुन् । ७५ वर्ष पुगेका अभिताभको कलेजो २५ प्रतिशत मात्र बाँकी रहेको खुलासा भएको छ ।
अभिताभ बाहिरबाट हेर्दा जति तन्दुरुस्त देखिन्छन् उनको शरीरको स्वास्थ्य अवस्था भने बाहिरबाट हेरे जस्तो छैन । केही दिन अघि बम्बेमा आयोजित एक कार्यक्रममा उनले आफ्नो स्वास्थ्यबारे एक ठूलो खुलासा गरेका छन् ।
उनले भने, ‘सन् १०८२ मा फिल्म ‘कुल्ली’ को सुटिङ गर्ने क्रममा एक्सन सिनमा घाइते भएँ, त्यति बेला मलाई बचाउन धेरै मानिसको रगतको आवश्यकता पर्यो । दुईसय मानिसले दिएको रगतले म बाँच्न सफल भएँ ।’
सबै दर्शकलाई स्तब्ध पार्दै उनले भने, ‘त्यति बेला मलाई बचाउन रगत दिने एक जनाको रगतमा ‘हेपटाइटिस बी’ रहेछ । त्यसबेला त्यो कुराको जानकारी भएन, जब २००५ मा सामान्य बिरामी भएका बेला रगत जचाउन गएँ त्यति बेलामात्र उक्त कुरा पत्ता लाग्यो । त्यो भाइरसले मेरो कलेजो ७५ प्रतिशत खाइसकेको रहेछ । आज म २५ प्रतिशत कलेजोको भरमा तपाइँहरु सामु छु ।’