कस्तो चल्यो ‘मिस्टर झोले’ ? (भिडियो)



शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘मिस्टर झोले’ले बक्स अफिसमा सुखद ओपनिङ गरेको छ । चलचित्रले शनिबार आक्रामक व्यापार गरेको निर्माणपक्षले बताएको छ ।

शुक्रवार औसत भएपनि शनिवार काठमाण्डौका मल्टिप्लेक्समा चलचित्रको व्यापार आक्रामक भएको वितरक गोविन्द शाहीले जानकारी दिए । समिक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यो चलचित्रले दर्शकबाट भने राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रको लाइफटाइम कलेक्शन आइतबारदेखिको व्यापारमा भर पर्नेछ ।

वितरक शाहीले नायक दयाहाङ राई र निर्देशक रामबाबु गुरुङको क्रेजका कारण पनि ‘मिस्टर झोले’ हेर्न हलमा दर्शकको भीड लागेको बताउँछन् । रिलिजपूर्व नै हिट बनेको ‘ओखती’ बोलको गीतले पनि फिल्मको व्यापारमा ठूलो सहयोग पुगेको छ ।

शनिवार राजधानीका विभिन्न हल पुगेर नायक दयाहाङ राई, नायिका दीया पुन लगायतका कलाकारले दर्शकसँगै बसेर फिल्म हेरे । उनीहरु निकैबेर दर्शकसँग सेल्फीमा पनि रमाए ।

चलचित्र ‘मिस्टर झोले’मा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय छ ।

यो चलचित्रलाई टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा निर्माण गरेको हो । यसअघि निर्देशक गुरुङ्गले ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुंगा’ जस्ता चलचित्रहरु निर्देशन गरेका थिए ।

भिडियो :-

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu