‘बटरफ्लाई’को सुखद ओपनिङ



शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बटरफ्लाई’ले सुखद ओपनिङ गरेको छ । चलचित्रमा आर्यन अधिकारी र प्रियंका कार्कीसँगै अर्का अभिनेता अर्पण थापाको कामलाई दर्शकले मन पराएका छन् ।

वियोगान्त प्रेम बोल्ने चलचित्रको दुई दिनको व्यापारिक रिपोर्ट प्राप्त छैन । निर्माण टिमले रिलिजको दिन (शुक्रबार) देशभर चलचित्रको औसत अकुपेन्सी ५० प्रतिशत तथा शनिबार ८० प्रतिशत माथी रहेको बताएको छ । निर्देशक ओम प्रतिक गुरुङले शनिबार देशैभर चलचित्रलाई दर्शकको राम्रो साथ मिलेको भन्दै केहि पर्दा हाउसफुल बनेको बताए ।

‘जति दर्शकले हेर्नुभएको छ राम्रो भन्नु भएको छ ।’ गुरुङले भने, ‘वर्ड अफ माउथ राम्रो छ माघे संक्रान्तीको बिदामा चलचित्रप्रति दर्शकको थप साथ बढ्नेछ ।’

चलचित्रले उठाएको विषयवस्तुलाई दर्शकले मन पराएको निर्देशक गुरुङले दाबी गरे । चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने पुष्पाञ्जली अधिकारी ‘सखा’ निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी तथा सरोज शाह सह–निर्माता छन् ।

चलचित्रमा सुरेश वज्राचार्यको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व तथा विकास चौधरी र दीपक शर्माको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu