फागुन ४ बाट छविराज ओझा निर्मित चलचित्र ‘मंगलम’ फागुन २५ मा पुगेपछि श्वेता खड्काको ‘कान्छी’ सोलो रुपमा रिलिज हुने भएको छ । एक मात्र फिल्म हुँदा ‘कान्छी’लाई प्रदर्शनमा सहज हुने पक्का छ । आकाश अधिकारी निर्देशित चलचित्रमा श्वेता र अभिनेता दायहाङ राई मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।
आफ्नो फिल्म सोलो रिलिज भएसँगै ‘कान्छी’ उर्फ श्वेता खुसी देखिएकी छिन् । ‘कान्छी’लाई सोलो रिलिज गराउन लागी पर्ने सबैलाई धन्यवाद’, श्वेता भन्छिन्, ‘अब झनै धेरै दर्शकले हेर्न पाउनु हुनेछ ।’ माघको पहिलो साता प्रोमो रिलिज गर्ने तयारीमा रहेकी श्वेता चलचित्र राम्रो बनेको दाबी गर्छिन् ।
‘कान्छी’मा दया र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैंले निर्माण गरेकी हुन् ।