ठुलोपर्दा डटकम। बलिउडका चर्चित नायक सलमान खान अझैपनि कुमार छन् होला त ? त्यो त भन्न सकिन्न तर सलमानले आफै निर्देशक करण जोहरको चर्चित शो ‘कफी विथ करण’ मा आफु कुमार रहेको रहस्य खोलेका छन् ।
सलमानले आफूलाई एक्लै सुत्न मन पर्ने बताउँदै समाजले बिहे भन्दा अघि शारिरिक सम्बन्ध राख्नको अनुमती नदिएको बताएपछि सबै दंगदास परेका छन् । पूर्व प्रेमिका संगीता विज्लानीसँग बिहेको कुरा पनि भैसकेको र बिहेका लागि कार्ड पनि छापिसके पछि आफूले उनलाई चिट गरेको कारण ब्रेकअप भएको सलमानले प्रष्ट पारे ।