ठुलोपर्दा डटकम, काठमाण्डौ। नायिका निता ढुंगानाबारे कसैसँगको प्रेमसम्बन्ध बारे बजारमा गाईँगुईँ हल्ला छैन तर उनि आँफैले आफू प्रेममा तड्पिएको बताएकी छिन्। नव-नायक किशोर श्रेष्ठको प्रेममा तड्पिएको बताएकी छिन्। मंसिर १४ मा रिलिज हुने चलचित्र ‘उर्वशी’ बारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा निताले आफ्नो चरित्रबारे प्रष्ट पार्दै आफु मायामा तड्पिएको बताएकी हुन्।
नायक किशोर खतिवडा, मुकेश आचार्य, कलाकार रश्मी भट्ट, नव नायक किशोर श्रेष्ठ लगायतको उपस्थिती रहेको सो कार्यक्रममा निताले प्रेम र द्वन्द्वको कथामा उर्वशी बनेकोले दर्शकले मन पराउने विश्वास व्यक्त गरिन्। कार्यक्रममा निर्देशक मनिष पन्थ, निर्माता खगेश्वर पुन, खल नायक प्रदिप ढकाल, नायक खतिवडा, आचार्य, श्रेष्ठ, लम्साल, भट्ट लगाएतले आफ्ना भनाई राखेका थिए।
ठट्टा गर्दै निर्माता पुनले अहिले बच्चा जन्मेपछि अरुणिमालाई कमब्याक गराएको र अर्को चलचित्रमा निताको बच्चा भएपछि कमब्याक गराउने बताएका थिए। प्रतिक्रिया दिँदै निताले त्यसको लागि दश बर्ष लाग्ने बताईन्।