ठुलोपर्दा डटकम, काठमाण्डौ। ‘इलेक्शन ह्याङ्ग’ सक्ने बित्तिकै नेपालीहरु ‘फ्रेस’ हुन पाउने भएका छन्। मंसिर १४ मा चलचित्र ‘उर्वशी’ रिलिजका लागि लागिपरेका निर्देशक मनिष पन्थ यहि आशामा छन् की ‘उर्वशी’ले निर्वाचनको तनाव मेटाईदिनेछ।
मनिषले निर्देशन गरेको यो दोश्रो चलचित्र हो। यसअघि उनले ‘हाम्री चेलि’ नामक चलचित्र निर्देशन गरेका थिए। दोश्रो चलचित्र भएपनि यहि चलचित्र बाट मात्र आफ्नो यथार्थ काम देखिने मनिष बताउँछन्। ठुलोपर्दा डटकमसँग कुरा गर्दै उनले भने, ‘मैले ‘उर्वशी’लाई सु्न्दर बनाउन हदैसम्मको कोशिस गरेको छु, मेरो कामको सहि बिश्लेषण हुनेछ। यो चलचित्रले चुनावको तनावलाई मेटाएर फ्रेस बनाउनेछ’।
‘उर्वशी’मा प्रदिप ढकाल, अरुणीमा लम्साल, नीता ढुंगाना, किशोर खतिवडा, मुकेश आचार्य, किशोर श्रेष्ठ, रश्मी भट्ट, संगम राई लिम्बु आदि कलाकारको मुख्य भूमिका छ । चलचित्रको कार्यकारी निर्माता खगेश्वर पुन हुन् । चलचित्रमा बब्बु थापाको नृत्य, सानु कुमार महर्जनको एक्सन र रोशन लामिछानेको सम्पादन, दिव्य सुवेदीको छायाँकन छ । वीरेन्द्र अग्रहरी, विकास चौधरी र अर्जुन कौशलको संगीत रहेको यो चलचित्र विशुद्ध सामाजिक र पारिवारिक बिषयमा निर्माण भएको बताईन्छ।