ठुलोपर्दा डटकम, काठमाण्डौ। बुधबार बेलुकी साढे आठमा हिमालय टेलिभिजनमा प्रशारण हुने हाँस्य टेलिश्रृंखला सय भागमा प्रवेश गरेको छ। लक्ष्मी गीरी, सानु ताम्राकार, विजय देउजा, हिरा जलन दाहाल, शंकर आचार्य, सुबाश खड्का, गिता अधिकारी, पेशल दाहाल, उत्तम के.सी., पुजन दाहाल, सान्ता कुमारी भट्टराई आदि कलाकारको अभिनय रहेको सो टेलिचलचित्रका निर्देशक सन्तोष बराल र उद्दब भट्टराई हुन्।
निर्देशक बरालका अनुसार ‘४२० को झड्का’ हिमालय टेलिभिजनको एकमात्र हाँस्य टेलिचलचित्र हो। सय भागको पावन अवसरमा मंसिर पाँच गते अनाथ, असक्तलाई सहायोग गर्ने निर्देशक बरालले जानकारी गराएका छन्।