काठमाण्डौ। जेठ १२ गते रिलीज हुने नेपाली चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले दाई’ बोलको गीतलाई युट्यूबमा १ करोड भन्दा बढी पटक हेरिएको छ । पहिलो गीतको सफलतापछि यसको निर्माणपक्षले चलचित्रमा समावेश दोश्रो गीत सार्वजनिक गरेको छ ।
चलचित्रमा समावेश ‘जिन्दगानी तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । केतन क्षेत्रीको स्वर रहेको गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत छ । सुवास गिरी र निकिता पौडेलको निर्माणमा तयार भएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।
गीतमा नायक कोशिस क्षेत्री र नायिका नम्रता श्रेष्ठको केमेष्ट्री छ । चलचित्रमा माला लिम्बु, केशव भट्टराई, जेविका कार्की लगायतका कलाकारको पनि अभिनय छ । कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन, कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, वनिष शाहको सम्पादन, चन्द्र पन्तको एक्सन यो चलचित्रमा छ ।
गीत हेर्नुहोस्: