काठमाण्डौ। नेपाली चलचित्रकी नायिका रेखा थापा काठमाडौंको उपमेयरमा चुनाव लड्ने भएकी छिन् ।
उनि केन्द्रिय सदस्य रहेको पार्टी राप्रपाले बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा रेखालाई उपमेयरमा उठाउने निर्णय गरेको हो ।
काठमाडौं महानगरपालिकाको मेयरमा राप्रपाका पूर्व प्रवक्ता राजाराम श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् । हालै सम्पन्न पार्टी महाधिवेशनमा रेखा केन्द्रिय सदस्यमा निर्वाचित भएकी थिइन् ।
रेखा अभिनित चलचित्र ‘डायरी’ आउँदो जेठ ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।