ठुलोपर्दा डटकम, काठमाण्डौ। बैशाख १ गते रिलीज हुने नेपाली चलचित्र ‘राधे’मा निखिल उप्रेतीलाई एउटा सिधा गाउँलेको भूमिकामा देख्न पाईने छ ।
सँधै एक्शन प्रधान चलचित्रमा देखिने निखिल यसपटक भने केहि फरक देखिनेछन् । ‘राधे’मा केहि एक्शन दृश्य पनि छ । निखिलका अनुसार कथाको आवश्यकतामा एक्शन पाईने छ । ‘मानिस जति सोझो भएता पनि उसको जीवनमा लडाईँ नै लड्नुपर्ने भएपछि उसले एक्शन लिन्छ, राधे पनि त्यस्तै पात्र हो’ ठुलोपर्दा डटकमसँग कुरा गर्दै निखिलले भनेका छन्, ‘राधे आफ्नै परिचय खोजिरहेको एक नागरिक हो’ ।
यो चलचित्रमा निखिल ‘राधे’ पात्रमा छन् । ‘राधे एक बेपत्ता नागरिक हो । उसले आफ्नै आँखा अगाडी आफ्नो सालिक ढलेको देख्छ । आफु राधे हुँ भनेर प्रमाणित गर्न ठुलै लडाईँ लड्नु पर्छ’ निखिलले भनेका छन्, ‘यो एक प्रतिनिधी घटना मात्र हो । नेपालमा धेरै सोहि प्रकृतिका धेरै घटनाहरु छन्’ ।
‘राधे’को ट्रेलरमा केहि प्रेमभाव बोकेका दृश्य पनि छन् । प्रेमभावको एक गीत समेत रिलीज भईसकेको छ । प्रेमको बारेमा निखिल भन्छन्, ‘हरेक मानिससँग प्रेम जोडीएको हुन्छ । प्रेम हुँदा डम्पिङ् साइट पनि सुगन्धित हुन्छ’ । राधे पात्रले आफु घर फर्किँदा आफ्नो प्रेम नै हराईसकेको हुने निखिलले बताए ।
हेर्नुहोस् भिडियो: