यो दिन हेर्न पाईनेछ दुई घण्टामा खिचिएको ‘जालो’



ठुलोपर्दा डटकम, काठमाण्डौ। अराज केशव निर्देशित नेपाली चलचित्र ‘जालो’ जेठ १९ मा रिलीज पक्का भएको छ । वन सटमा खिचिने विश्वकै लामो चलचित्रको रुपमा बिश्व रेकर्ड राख्ने उद्देश्यका साथ बनेको ‘जालो’ र ‘जालो २’ गरी चार घण्टामा छायांकन भएको थियो ।

बिश्व रेकर्ड राखिने भएपनि यि चलचित्र कमर्शियल छन् । चार घण्टामा खिचिएका दुई चलचित्र भिन्न कथाका हुन् । दुवै चलचित्रमा गीत तथा द्वन्द्व समेत छन् । ‘जालो २’ को रिलीज मिति भने तोकिएको छैन ।

यि चलचित्रमा अनुपविक्रम शाही, मेनुका प्रधान, मुना गौचन, प्रकाश श्रेष्ठ, नीर शाह, रेमन दाश श्रेष्ठ, निराजन प्रधान, मुक्ताराम आचार्य, भिष्म जोशीको मुख्य भूमिका रहनेछ । हरी लामाको छायांकन रहने चलचित्रलाई बनिश शाहले सम्पादन गरेका छन् ।

चलचित्रलाई अराज केशव र मोहित मुनालले संयुक्त निर्माण गरेका छन् । अर्को हप्ता चलचित्रको ट्रेलर सार्वजनिक गरिने निर्देशकले बताएका छन् । यि दुई चलचित्रले विश्व रेकर्ड राख्नको लागि भने चलचित्र प्रिमियर हुनुपर्ने प्रावधान छ ।

चलचित्र रिलीज अगावै प्रिमियर गरी विश्व रेकर्ड राखिने निर्देशक अराजले ठुलोपर्दा डटकमलाई बताए । ‘जालो २’ सार्वजनिक प्रदर्शन भने ‘जालो’ रिलीजको छ महिना पछि हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu