ठुलोपर्दा डटकम, काठमाण्डौ।
फ्राईडे रिलिज अन्तर्गत यो हप्ता फिल्म ‘यो साईनो मायाको’ सोलो रिलिज भएको छ । गत हप्ता रिलिज ‘दर्पण छायाँ २ ‘ को प्रभाव अनि दर्शक चाप हलमा घट्दो रहँदा सोलो रिलिजको फाईदा ‘यो साईनो मायाको’ले उठाउन सक्छ सक्दैन् हेर्न बाँकी छ ।
अरुणकुमार प्रधान निर्देशित फिल्मको नामले नै प्रेमभाव बोल्छ । फिल्ममा सञ्चारकर्मी समेत रहेका जतिन ताम्राकार र रेश्मा घिमिरे लिड अभिनयमा छन् । रेश्मा र जतिन सुबैको लागी यो फिल्म डेब्यू हो ।
फिल्ममा किशोर भण्डारी ‘डिट्ठा साब’, नवनित राज प्रधान, राजु कमेडी लगायतको अभिनय रहेको छ । फिल्म राजधानीका १५ बढि पर्दामा अनि मोफसलका ३० बराबर हलमा एकसाथ प्रदर्शनमा आएको हो । सुनिल मानन्धरले फिल्मको वितरण जिम्मा लिएका छन् ।