पुत्र तैमूर अली खानको जन्म भएको ४६ दिनमा नै बलीउड नायिका करीना कपूर खान र्याम्पमा उत्रिएकी छिन् । लक्मे फेशन वीक २०१७ को ग्राण्ड फाइनलमा करीना डिजाइनर अनिता डोंगरेको शो-स्टपर बनेकी हुन् ।
आइतवार भएको यो ईभेन्टमा करीनाले लंग व्हाइट-गोल्डन ड्रेसको साथ फ्लोर लेन्थ गोल्डन ज्याकेट लगाएकी थिइन् । सिम्पल मेकअपको साथ करीना निकै सुन्दर देखिईन् ।
साथै, नृत्यांगाना मलाइका अरोड़ा खानले डिजाइनर दिव्या रेड्डीको ‘साहबजादी’ कलेक्शन अनवील गरिन् । लक्मे फैशन वीक (LFW)को पाचौँ दिन उनि रेड ब्लाउज, एल्लो लेहंगा र म्याचिंग दुपट्टा पगाएर र्याम्पमा उत्रिइन् ।
मिस यूनिभर्स सुष्मिता सेनले पनि सोहि ईभेन्टमा र्याम्पमा उत्रिइन् । ‘कुंग फू योगा’ फेम एक्ट्रेस दिशा पाटनी फेशन डिजाइनर जयति रेड्डीकी शो-स्टपर बनिन् । नायिका तब्बूले डिजाइनर गौरंग शाहको ‘मुस्लिन’ कलेक्शन अनवील गरिन् ।
सोफी चौधरी, अमायरा दस्तूर, जूही चावला, श्रिया सरन, लारा दत्ता, संगीता बिजलानी, तापसी पन्नू, कियारा आडवाणी लगायतका अन्य कलाकार समेत र्याम्पमा उत्रिएका थिए ।