ठुलोपर्दा डटकम, काठमाण्डौ।
विश्वकै सर्वाधिक उचाईमा फिल्म अवार्ड आयोजना गरि नेपालको तर्फबाट विश्व किर्तिमानी कायम भएको छ । चलचित्र पत्रकार रामबहादुर सुवेदी (आर.के)ले गिनिज बुकमा रेकर्ड राख्न सफल भएका हुन् ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डसले ४ हजार ६ सय २७ मिटर उचाईमा फिल्म अवार्ड गरेको भन्दै सुवेदीको नाम दर्ता गरेको हो । २०१६ नोभेम्बर २८ मा ‘हाइएस्ट अल्टिच्यूट एवार्ड सेरोमनी अन ल्याण्ड’ भनेर आफ्नो रेकर्डमा उल्लेख गरेको छ ।
२०६६ देखि राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड आयोजना गर्दै आएका सुवेदीले गत मंसिरमा सगरमाथाको आधार शिविरमा सातौं संस्करणको अवार्ड आयोजना गरेका थिए । उक्त अवार्ड कार्यक्रममा राजधानीबाट चलचित्र निर्माता, निर्देशक, हल व्यवसायी, वितरक, कलाकार र पत्रकारको जम्बो टोली लुक्ला विमानस्थल हुँदै बेश क्याम्प पुगेको थियो ।
दैनिक १२ घण्टाको दरले हिडेर ९ दिनका दिन उक्त अवार्ड आयोजना भएको हो । अवार्ड समारोहमा नायकबाट चलचित्र गाजलुका नायक सलोन बस्नेतले उपाधि हात पारेका थिए भने चलचित्र रेलीमाईबाट नायिका पूर्णिमा लामाले अवार्ड उचालेकी हुन् । यसैगरी सर्वोत्कृष्ट निर्देशकमा चलचित्र लुटेराबाट निर्देशक दयाराम दाहालले अवार्ड प्राप्त गरेका थिए ।