‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न युवाद्वारा आत्महत्या



hqdefault

ठुलोपर्दा डटकम, काठमाण्डौ। ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न नवलपरासी*का कृष्ण सुवेदीले आत्महत्या गरेका छन् । गुगल ड्राइभको सहारामा नेपालदेखि अष्ट्रेलिया फिल्म पठाएका उनले मिडिया तथा सामाजिक सञ्जालमा आएको भाररल समाचार र यसको कानुनी कारबाहिको बारेमा मानसिक तनाबसँगै अन्ततः आत्महत्या गरेको बुझिएको छ ।

उनि सहितको चार जनाको टोलीलाई प्रहरीले मिडियामा समाचार आउनुपुर्व नै समाईसकेको थियो । तत्पश्चातः निर्माण टिमको आग्रहमा नै प्रहरीले तारेखमा छाडेको बताइएको छ । यो बारेमा प्रहरी तथा निर्माण टिम सदस्य कोहि पनि खुलेर बोल्न चाहेका छैनन् । पुर्णतः विवरण आउन बाँकी छ ।

सुवेदीको शव पोष्टमार्टम गरी नवलपरासी लगिएको छ । बताईए अनुसार उनले गलबन्दीले पासो लागेर आत्महत्या गरेका थिए ।*

सुवेदीले सुसाइड नोट पनि लेखेका थिए । नोटमा छक्का पन्जा पाइरेसीको आरोपबारे भने केही लेखिएको छैन । पाइरेसी गर्ने व्यक्ति अर्कै भएको र उनीहरुको संलग्नता नदेखिएकाले सचेत गराएर मात्र छाडेको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताएको अनलाइनखबर डटकमले जनाएको छ ।*

‘छक्का पञ्जा’ पाइरेसी पछि फेसबुकमा स्टाटस लेख्दै निर्माता दीपकराज गिरीले यसमा संलग्न केहि व्याक्तिहरु प्रहरीको फन्दामा समेत पुगिसकेको लेखेका थिए । दिपकसँगै निर्देशक दिपाश्री निरौंला भने यतिबेला यूरोपमा छन् ।

पाइरेसीपछि डिजिटल अधिकार प्राप्त कम्पनि हाइलाइट्स नेपालले फिल्मलाई युट्युवमा अपलोड गरिसकेको छ ।
———————————————————————————————————–
पौष २९, २०७३ समय २:४४ र ३:१० मा अद्यावधिक गरिएको ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu