अब निर्माता निर्देशक करण जौहर र बलीउड स्टार सलमान खानले संयुक्त रुपमा फिल्म बनाउने भएका छन् । अंग्रेजी नयाँ बर्षको सुरुवातमै खान र जौहरले यस्तो घोषणा गरेका हुन् ।
बन्ने चलचित्रको मुख्य नायक भने अक्षय कुमार हुनेछन् । करणले ट्विट गर्दै यसको पुष्टी गरेका छन् ।
धर्मा प्रोडक्शनसँग सलमान खान फिल्मले सहकार्य गर्नेछ । चलचित्र सन् २०१८ मा रिलिज हुनेछ ।
यो चलचित्रको निर्देशन अनुराग सिंहले गर्ने भएका छन् । चलचित्रको नाम भने तय गरिएको छैन ।