म:म, चाउमिनमा बन्यो चलचित्रको गीत (लिरिकल अडियो)



momo-chowmin

ठुलोपर्दा डटकम, काठमाण्डौ।
२०७४ जेठ १२ गते रिलीज हुने नेपाली चलचित्र ‘हिटलर’को लिरिकल अडियो गीत सार्वजनिक गरिएको छ ।

‘तिमी चाउमिन खादै, म मःम बजाउँदै’ बोलको गीतमा लोचन घिमिरे र श्रेया सोताङको आवाज छ । शब्द तथा संगीत पनि लोचन घिमिरेकै छ ।

‘हिटलर’मा नायक सोहित मानन्धर र नव-नायिका समिया बर्तौलाको मुख्य भूमिका छ । अष्टनारायण पिक्चर्सले यो चलचित्र निर्माण गरेको हो । रोमान्टिक कथामा तयार भएको यो चलचित्रको छायांकन सकिएको छ । अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले यो चलचित्रको निर्माणमा सहकार्य गरेका छन् ।

चलचित्रलाई सौरभ ढकालले निर्देशन गरेका हुन् । ए.आर पौडेलको छायांकन, लोचन घिमिरेको संगीत, किच्चामान चित्रकारको लेखन रहेको यो चलचित्रमा कृष्ण के अच्छामीको कोरियोग्राफी छ । चिनिमाया मानन्धर निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता त्रिरत्न मानन्धर हुन् । लोचन घिमिरे र सौरभ ढकाल चलचित्रका सह-निर्माता हुन् ।

लिरिकल अडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu