ठुलोपर्दा डटकम, काठमाण्डौ।
चाम्स इन्टरटेनमेन्टको ब्यानरमा बनिरहेको नेपाली चलचित्र “हेप्पी डेज”को छायांकन सकेको छ । चलचित्रको युकेमा इन्ड क्ल्याप गरिएको हो ।
निर्माता तथा निर्देशक मिलन चाम्सले युके, इंग्ल्यान्ड र वयल्समा सम्पूर्ण छायांकन गरेको बताएका छन् । चाम्सले आफुले नेपाली चलचित्रको मेकिङमा केहि नयाँ तथा पृथक कुराहरुको उपयोग गर्दै नेपाली चलचित्रको स्तरमा केहि परिवर्तन गर्ने कोसिस गरेको बताएका छन् ।
चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी (नव नायक), मोनिका गुरुङ, रुपा पुन, रितेश चाम्स, जेन बकल, हुप थापा लगाएतका कलाकारको अभिनय छ ।
बि.पी. खनाल प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माताहरु भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स रहेका छन् ।