ठुलोपर्दा डटकम, काठमाण्डौ।
स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठको जन्मस्मृति पारेर श्रीकृष्ण पत्नी अभिनेत्री स्वेता खड्काले घर आँगन नेपाल नामक सामाजिक संस्थालाई सहयोग गरेकी छिन् ।
श्रीको सम्झना गर्दै बिहिबार राजधानीमा एक कार्यक्रमका बीच श्वेताले उक्त संस्थालाई १ लाख ५० हजार बराबरको चेक हस्तान्तरण गरिन् । संस्थाको भवनको जग बसाल्न अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला मार्फत स्वेताले संस्थाका अध्यक्ष दीपक सिलवाललाई चेक हस्तान्तरण गरेकी हुन् ।
स्वेताले श्रीकृष्णले आफ्नो जन्मदिनमा सँधै सहयोग गरिरहेको आफुले देख्ने गरेको बताईन् । आफुले श्रीको चाहनालाई निरन्तरता दिएको उनले बताईन् ।