इफोनमा नेपालका दुई चलचित्र छनौट



kalo-pothi-iffon

ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘इन्टरनेसलन फिल्म फेस्टिभल अफ नेपाल–२०१७’को ‘इन्टरनेसलन फिक्सन फिल्म फुल लेन्थ कम्पिटिसन’मा नेपालका दुई चलचित्र छनौट भएका छन् ।

पुस २७ देखि माघ २ सम्म पूर्वी नेपालको धरानमा आयोजना हुन लागेको यो फेस्टिभलमा मीनबहादुर भाम निर्देशित ‘कालो पोथी’ र मनोज पण्डित निर्देशित चलचित्र ‘छाया’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएका हुन् ।

chhayan-iffon

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छ मुलुकका चलचित्रहरु छानिएका छन् । भारतबाट ‘हाफ टिकट’ र ‘लेडी अफ द लेक’ गरी दुई फिल्म, बंगलादेशबाट ‘इनर साउन्ड’ र ‘जर्नी टु रुट’ गरी दुई, जर्मनीबाट ‘सि–ओ–से–पोल’, क्युबाबाट ‘होटल न्युभाइस्ला’ र रुसबाट ‘स्टेपी गेम्स’ चयन भएका छन् ।

फिक्सन फिल्ममा उत्कृष्ट हुने चलचित्रले एक हजार अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu