‘लाजालाम’ नामले चिनिने कलाकार आरपी भट्टराईको निधन



rp-bhattrai

ठुलोपर्दा डटकम।
हाँस्य टेलिश्रृंखला तितोसत्यमा ‘लाजालाम’ पात्रमा काम गरेका कलाकार आरपी भट्टराइको निधन भएको छ । बिहीबार बेलुकी फूपूको घरमा गएका आरपी बिहान मृत अवस्थामा भेटिएका थिए ।

४२ बर्षका आरपी प्रेसर र सुगर रोगबाट पीडित थिए । उनको शरीर मोटो थियो । उनले हाँस्य सिरियलहरु बाहेक केहि चलचित्रमा पनि काम गरेका छन् । पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘छक्का पन्जा’ अहिले हलमा चलिरहेको छ ।

उनकी श्रीमति र २ छोरा छन् । उनले केहि गीतहरु समेत गाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu