ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपालमा सवारी साधन किन्दा निकै महंगो रकम पर्ने गर्छ । सवारी साधनमा लाग्ने महंगो भन्सार शुल्कले सामान्य नेपालीले कार चढ्न निकै मुश्किल बनेको छ ।
नेपाली चलचित्रका कलाकारको लागि पनि कार निकै महत्वपूर्ण हुने गरेको छ । सँधै स्कूटर वा ट्याक्सीमा यात्रा गर्दा उनिहरुका लागि असहज हुन्छ । केहि बैंकहरुले कर्जामा कार दिन सक्ने भएपछि आयश्रोत देखाउन मुश्किल हुँदा त्यो तरिका पनि प्रभावकारी हुन सकेको छैन ।
केहि कलाकारले भने जसोतसो कार किनेका छन् । केहिले भने पुगीसरी पैसा भएरै कारमा हुईँकिन्छन् । यसै क्रममा सयभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गर्दै चलचित्रमा आईपुगेकी नायिका शिल्पा पोखरेलले नयाँ कार किनेकी छन् । छविराज ओझाले बनाएको चलचित्र ‘लज्जा’ बाट नेपाली चलचित्रमा डेव्यू गरेकी शिल्पाले भोल्सवागनको Polo 1.6 मोडलको कार किनेकी हुन् ।
यो कारको मूल्य नेपालमा लगभग ३५ लाख पर्छ । उनले आँफुले कर्जामा कार किनेको बताएकी छिन् । केहि समय अगाडी उनले निर्माता छवि ओझासँग बिवाह गर्ने कुराले बतार तातेको थियो ।