ठुलोपर्दा डटकम, काठमाण्डौ।
यसै साता रिलीज भएको नेपाली चलचित्र ‘पुरानो डुङ्गा’ले दुई दिनमा एक करोड पचास लाख रुपैयाँको ग्रस कलेक्सन गरेको निर्माता मणिराम पोखरेलले बताएका छन् ।
पोखरेलका अनुसार फिल्मले शुक्रबार र शनिबार मात्रै राजधानीबाट एक करोडको व्यापार गरेको छ भने मोफसलबाट दुई दिनमा पचास लाख उठाएको छ ।
रामबाबु गुरुङ निर्देशित यो फिल्ममा माओत्से गुरुङ, दयाहाङ राई, मेनुका प्रधान र प्रियंका कार्की मुख्य भूमिकामा छन् ।
‘पुरानो डुङ्गा’ राजधानीमा दुई दर्जन र मोसफलमा झण्डै ६० वटा हलहरुबाट प्रदर्शनमा आएको छ ।
समग्रमा खासै राम्रो प्रतिक्रिया नपाएपनि दुई दिनमा दर्शकको साथ यो चलचित्रले पाएको छ ।