ठुलोपर्दा डटकम, काठमाण्डौ।
सिनेमा आर्ट र माओत्से गुरुङ फिल्मको ब्यानरमा बनेको नेपाली चलचित्र ‘पुरानो डुङ्गा’को नयाँ गीत सार्वजनिक भएको छ । ‘माझी’ बोलको गीतमा शब्द, संगीत तथा स्वर काली प्रसाद बास्कोटाको रहेको छ ।
तालको किनारमा डुङा चलाएर आफ्नो परिवारको जिवीकोपार्जन गरिरहेको भक्त बहादुरको भाई बतास बहादुरले अंशमा डुङा लगिदिएपछी उसको परिवारमा आउने समस्या नै ‘पुरानो डुङ्गा’को मुल कथा हो ।
यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् भने माओत्से गुरुङ, बाल्मिकी पोख्रेल र मणिराम पोख्रेलले निर्माण गरेका छन् । निर्देशक गुरुङले आफ्ना अघिल्ला फिल्म जस्तै यसलाई पनि दर्शकले साथ दिने र फिल्मले दर्शकलाई मनोरञ्जन दिने कुरामा आफु बिश्वस्त रहेको बताएका छन् ।
‘पुरानो डुङ्गा’मा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान लगायतका कलाकारहरु प्रमूख भूमिकामा छन् । शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन तथा कालीप्रसाद बास्कोटाको संगीत छ ।
गीत हेर्नुहोस्: