बस्ती हस्तान्तरण गर्दै धुर्मुसले भने, ‘अब देश बनाउछौँ’ (भिडियो)



girachaur_handover

ठुलोपर्दा डटकम, काठमाण्डौ।
शुक्रवार मेलम्ची ८, सिन्धुपाल्चोकस्थीत गिरान्चौर एकिकृत नमुना बस्ती भूकम्प पिडितलाई हस्तान्तरण गरिएको छ ।

बैशाख २९ गतेदेखि निर्माण सुरु गरिएको उक्त बस्ती राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको हो । बस्तीमा ६५ परिवारका लागि भूकम्प प्रतिरोधात्मक घरहरु रहेका छन् ।

एकीकृत नमूना बस्तीमा रहेका तीनवटा ब्लक राष्ट्रपति विद्यादेवी भण्डारी, धुर्मुसका बुवा आमा र सुन्तलीका बुवा आमाबाट समुदायलाई हस्तान्तरण गरिएको छ । हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले यस अघि काभ्रेमा १९ परिवार भूकम्प पिडितका लागि एकिकृत बस्ती निर्माण गरिसकेका छन् ।

२३ घर, दुईवटा चिल्ड्रेन पार्क, एउटा पार्किङ र दुईवटा सार्वजनिक धारा रहेको ब्लक ‘ए’ राष्ट्रपति भण्डारीले समुदायलाई हस्तान्तरण गरिन् । २७ घर, चार चिल्ड्रेन पार्क, दुई सार्वजनिक शौचालय र चार सार्वजनिक धारा रहेको ब्लक ‘बी’ सीतारामका बाआमाले संयुक्त रुपमा समुदायलाई हस्तान्तरण गरे । त्यस्तै १५ घर, खेल मैदान र शितल ताप्ने चौतारी, एक चिल्ड्रेन पार्क, दई सार्वजनिक धारा रहेको ‘सी’ ब्लक कुञ्जनाका बाआमाले साँचो समुदायलाई हस्तान्तरण गरेका छन्।

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले धुर्मस र सुन्तलीले कलाकारको धर्म र कर्म चिनाएको भन्दै उनीहरूको कामबाट राष्ट्रले सिक्नुपर्ने बताएकी छिन् । सिताराम कट्टेल (धुर्मुस)ले आम नागरिकको साथ र सहयोग भएमा देश बनाउने अभियान सुरु गर्ने बताएका छन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu