पाकिस्तानी कलाकार माहिरा खानलाई शाहरुख खानको फिल्म ‘रईस’बाट हटाईएको छैन । हालैको उरी हमलापछि पाकिस्तानी कलाकारलाई भारतमा गरिएको प्रतिबन्धको चर्चा यतिबेला चलिरहेको छ । सुरक्षाका कारण केहि पाकिस्तानी कलाकारले भारत छोडिसकेका छन् ।
केहि दिन अगाडी खबर आएको थियो कि माहिरा अब ‘रईस’मा हुनेछैनन् । तर, अहिले उनले शाहरुखको साथमा गोप्य लोकेशनमा शूटिङ्ग गरिरहेको खबर आएका छन् । फिल्म रिलीजको बेला सम्म सबै समस्या समाधान हुने आशामा शाहरुख छन् ।