‘जात्रा’ निर्देशकलाई महसञ्चारको अफर



haribansa-acharya-jatra

ठुलोपर्दा डटकम, काठमाण्डौ।
हाँस्य कलाकार हरिवंश आचार्यले चलचित्र ‘जात्रा’का निर्देशक प्रदिप भट्टराईलाई नयाँ चलचित्र निर्देशनको जिम्मा दिने बताएका छन् । ‘जात्रा’ फिल्मको लागि आफ्नै शब्द रहेको पैसा सम्बन्धि गीत रेकर्ड गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

मह सञ्चारले निर्माण गर्न लागेको उक्त फिल्मको जिम्मा भट्टराईलाई दिनुको कारण उनको दक्षता र मेहनतप्रतिको विश्वास भएको आचार्यले बताए । ‘जात्रा’ फिल्मका निर्देशक प्रदिप भट्टराईसँग मह सञ्चारले १२ वर्ष काम गरिसकेको छ, त्यसैले उनको दक्षता र मेहनतप्रति हामीलाई पूर्ण विश्वास छ’, हरिवंशले भने ।

‘मह सञ्चारद्वारा निर्मित फिल्म, टेलिफिल्म तथा विज्ञापनलाई उत्कृष्ट बनाउन मह जोडीको मात्र नभई हाम्रो समूहसँगै प्रदिपको ठूलो भूमिका रहेको छ’ आचार्यले भने । विपिन कार्की, वर्षा राउत, रबिन्द्र सिंह बानीया, रबिन्द्र झा, प्रेक्षा बज्राचार्यलगायतको अभिनय रहेको जात्रा कार्तिक २६ देखि प्रर्दशनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu