ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘ह्याण्डसम हंक’को उपमा पाएका नायक अनुप बिक्रम शाही चीनमा आयोजना हुन लागेको ‘म्यानहन्ट इन्टरनेशनल वर्ल्ड २०१६’मा सहभागी हुने भएका छन् ।
आयोजक कम्पनी जीजीइ र अनुपद्वारा बिहिवार आयोजित पत्रकार सम्मेलनमा अनुपले आफुले यो प्रतिस्पर्धामा नेपाललाई बोकेर आफू अगाडि बढ्ने बताए ।
अनुपले यो प्रतोयोगिताको लागि केहि चलचित्रको अफरलाई छोडेका थिए । अक्टोबर २३ तारिखदेखि अक्टोबर २९ तारिखसम्म यो प्रतियोगीता आयोजना हुँदैछ ।
अनुप सन् २०१४ को ‘म्यानहन्ट इन्टरनेशल नेपाल’ हुन् । २०१५ मा अन्तराष्ट्रिय रुपमा नै यो प्रतोयोगिता रोकिएकोले १ बर्ष ग्याप भएको थियो ।